सुस्त मनस्थिति भएकी महिलामाथि सामूहिक बलात्कारको आरोपमा २ जना पक्राउ

 भदौ ६, २०७६ शुक्रबार १९:४५:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा – धनुषामा एक सुस्त मनस्थिति भएकी महिलामाथि सामूहिक बलात्कार भएको छ ।

धनुषाधाम नगरपालिका–३ की सुस्त मनस्थिति भएकी महिलालाई स्थानीय दुई युवाले बिहीबार राति उठाएर सबैला नगरपालिका–५ मखनहामा रहेको जंगलमा लगेर सामूहिक बलात्कार गरेको पीडितलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले धनुषाधाम नगरपालिका–३ का २० वर्षका सुनिलकुमार मण्डल र  १८ वर्षीय इन्दल मण्डललाई पक्राउ गरेको धनुषाका प्रहरी नायब उपरीक्षक सन्त जयसवालले जानकारी दिनुभयो ।

पीडितले दिएको जाहेरीका आधारमा दुवै युवकलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया