एभीसी सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगिताको उपाधि किर्गिस्तानलाई

 भदौ ७, २०७६ शनिबार १७:३:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एभीसी सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगिताको उपाधि साविक विजेता किर्गिस्तानले जितेको छ । फाइनलमा उज्बेकिस्तानलाई ३-० को सोझो सेटमा हराउँदै किर्गिस्तानले उपाधि रक्षा गर्न सफल भएकाे हाे । 

लगनखेलमा रहेको सेनाको कोर्टमा भएको खेलमा किर्गिस्तानले उज्बेकिस्तानलाई २६-२४, २७-२५ र २५-१९ को सोझो सेटमा हरायो । खेल निकै प्रतिस्पर्धात्मक बने पनि अन्तिममा उज्बेकिस्तान तीन ओटै सेटमा चुक्न पुग्यो । 

पहिलो सेटमा उज्बेक टिमविरुद्ध जित निकाल्न किर्गिस्तान २७-२५ को सेटमा पुग्नु पर्यो । दोस्रो सेटमा पनि निकै प्रतिस्पर्धात्मक बन्दा अन्ततः किर्गिस्तानले २६-२४ ले खोल आफ्नो पक्षमा पार्न सफल भयो । दोस्रो सेटमा उज्बेक टिमले राम्रो दबाब दिए पनि अन्तिममा चुक्न पुग्यो ।

तेस्रो सेटमा भने किर्गिज टिमले उज्बेकविरुद्ध २५-१९ को सहज जित निकाल्यो । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया