रथयात्रामा सुनको सिक्री  थुत्ने र मोबाइल चोर्ने ५५ जना पक्राउ

 भदौ ७, २०७६ शनिबार २०:४०:३१ | सुमन तिमल्सिना
unn.prixa.net

माेरङ - विराटनगरमा आयाेजित राधाकृष्ण रथयात्रामा सुनको सिक्री थुत्ने र मोबाइल चोर्ने ५५ जना पक्राउ परेका छन् ।

कडा सुरक्षा व्यवस्थाका बीच सहभागीहरुकाे सिक्री तान्ने, मोबाइल चोरी गर्ने तथा  विभिन्न उच्छृङ्खल गतिविधिमा संलग्न रहेका ५५ जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी राजकुमार खिउजुले जानकारी दिनुभयाे ।

पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखेर सोधपुछ गर्ने कार्य भइरहेको बताइएकाे छ ।

जिल्ला प्रहरी कार्यालयले रथयात्रालाई मध्यनजर गर्दै  सादा पोशाकमा २ सय र पोशाकमा १५ सय गरी १७ सय प्रहरी परिचालन गरेको थियो । सुरक्षा व्यवस्था कडा पारिएका कारण उनीहरुलाई तत्काल पक्राउ गर्न सफल भएको डीएसपी खिउजुकाे भनाइ छ ।

अन्तिम अपडेट: चैत ८, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया