अन्तरिक्षमा भएको पहिलो अपराधको कसरी जाँच गर्छ नासाले ?

 भदौ ८, २०७६ आइतबार ९:३०:१८ | एजेन्सी
unn.prixa.net

अन्तरिक्षको बारेमा हामीले अझै पनि धेरै कुरा बुझ्न बाँकी छ । तर यो कुरा पक्का हो, हामी पृथ्वी छोडेर अन्तरिक्षमा गएर अपराध गर्‍याैँ भने पृथ्वीमै भएको नियम कानुन लाग्नेछ ।  

पछिल्लो समयमा नासाले एउटा यस्तै आपराधिक घटनाको अनुसन्धान गरिरहेको छ । यो अपराध अन्तरिक्षमा भएको छ । 

एक अन्तरिक्ष यात्रीमाथि यस्तो किसिमको आरोप लोगेको छ । उनले अन्तरिक्षमा रहेका बेला आफ्ना पूर्वपतिको बैंक खाताबारे जानकारी लिने प्रयास गरेकी छिन् । उनले नासाको इन्टरनेशनल स्पेस स्टेशनमा रहेका बेला यो काम गरेको आरोप छ ।

यदि आरोप प्रमाणित भएमा यो अन्तरिक्षमा भएको पहिलो अपराध हुनेछ ।

न्युयोर्क टाइम्सका अनुसार अन्तरिक्ष यात्री ऐन मैक्लेन ले इन्टरनेशनल स्पेस स्टेशनबाट आफ्ना पूर्वपतिको बैंक खाताबारे जानकारी लिने प्रयास गरेको स्वीकार गरेकी छिन् तर आफूले केही गलत नगरेको उनको दाबी छ ।

उनका पूर्वपति समर वार्डनले ‘फेडरल ट्रेड कमिसन’मा ऐनविरुद्ध उजुरी दिएका छन् ।

ऐन र वार्डनले सन् २०१४ मा विवाह गरेका थिए । सन् २०१८ मा वार्डनले सम्बन्धबिच्छेदका लागि निवेदन दिएका थिए । यसबारेमा नासाले निष्पक्ष जाँचका लागि दुवै पक्षसँग सम्पर्क गरेको जनाएको छ । 

अन्तरिक्षमा नियम कानुनले कसरी काम गर्छ ?

इन्टरनेशनल स्पेस सेन्टर पाँच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्पेस एजेन्सीको संयुक्त प्रयास हो । यसमा अमेरिका, क्यानडा, जापान, रुस तथा युरोपियन देश समावेश छन् ।

यहाँ कुरा रह्यो कानुनको । अन्तरिक्षमा कसैले अपराध गर्छ भने उमाथि धरतीकै नियम लागू हुन्छ । धरतीमा रहँदा उ जुन देशको नागरिक हो त्यही देशको कानुन अनुसार उसमाथि सजाय हुन्छ । जस्तै, कोही क्यानडाको नागरिकले अन्तरिक्षमा अपराध गर्‍यो भने उमाथि क्यानडाको राष्ट्रिय नियम अनुसार कारबाही हुन्छ ।

अहिलेसम्म अन्तरिक्षमा हुने अपराधको बारेमा केही कानुनी व्यवस्था बनेको छैन । 

– बीबीसी हिन्दीबाट

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया