सिंगापुर जान लागेका एनआरएनए अध्यक्ष भट्ट जहाजबाट ओरालिए

 भदौ ८, २०७६ आइतबार १०:३३:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सिंगापुर जान लागेका गैर आवासीय नेपाली संघका (एनआरएन) अध्यक्ष भवन भट्टलाई सिल्क एयरले जहाजबाट बाहिर निकालेको छ । 

बोर्डिङ पास लिएर जहाजको सिटमा बसेको बेला भट्ट र सँगै रहेका सनत न्यौपानेलाई जहाजका कर्मचारीले बाहिर निकालेका हुन् । रक्सी पिएर जहाजमा बसेकाले उनीहरुलाई क्याप्टेनले उड्ने अनुमति नदिएको स्रोतको भनाइ छ । 

उनीहरू शनिबार पौने १० बजे त्रिभूवन विमानस्थलबाट सिङ्गापुर उड्ने तयारीमा थिए ।

प्रधानमन्त्रीलाई भेटेर स्वास्थ्य लाभको कामना गर्ने र सिंगापुरमा रहेको बिजनेसको लागि पनि छलफल गर्ने भनेर आफूहरु सिंगापुर जान लागेको न्यौपानेको भनाइ छ । 

जहाजको सिटमा बसिसकेको यात्रुलाई ओरालेर एयरलाइन्सका कर्मचारीले आफूहरुको बेइज्जत गरेको न्यौपानेको आरोप छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया