प्रिमियर लिगमा आज राति आर्सनल र चेल्सी खेल्दै
बैशाख ११, २०८१ मंगलबार
काठमाण्डौ – सुनको भाउ आइतबार तोलामा १२ सय रुपैयाँ बढेको छ । सुन आइतबार तोलाको ७२ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गएको बुधबारदेखि तोलाको ७१ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको सुनको भाउले आइतबार अर्को रेकर्ड बनाएको हो । अमेरिका र चीनले एकअर्काको सामानमा कर बढाउने निर्णय गरेको तथा डलर मजबुत भएकाले अन्तर्राष्ट्रिय भाउमा नै भाउ महंगो भएको हो ।
यसकै असर नेपालमा पनि परेको महासंघले जनाएको छ । चाँदी पनि आइतबार तोलामा २० रुपैयाँ बढेर तोलाको ८ सय ५० रुपैयाँ पुगेको छ ।