इंग्लिस प्रिमियर लिग फुटबलमा आइतबार राति ३ वटा खेल हुने

 भदौ ८, २०७६ आइतबार १२:३:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिग फुटबलमा आइतबार राति ३ वटा खेल हुने भएका छन् । नेपाली समय अनुसार साँझ म्यानचेस्टर सिटीले एएफसी बर्नमाउथसँग प्रतिस्पर्धा गर्ने छ ।

तेस्रो चरणको खेल जारी रहँदा सिटले ४ अंक जोड्दै आफूलाई तालिकाको चौथो स्थानमा राखेको छ भने बर्नमाउथले पनि समान चार अंक जोडे पनि गोल अन्तरका आधारमा सातौं स्थानमा छ । खेल बर्नमाउथको मैदानमा हुने छ ।  

यस्तै, नेपाली समय अनुसार राति सवा ९ बजे २ वटा खेल हुने छन् । टोटनह्याम र न्यूक्यासल युनाइटेड आमने सामने हुने छन् । सोही समयमा अर्को खेलमा वुल्भस र बर्नलेले प्रतिस्पर्धा गर्ने छन् ।

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया