मेस्सीबिनाकाे बार्सिलाेना रियल बेटिससँग खेल्दै

 भदौ ८, २०७६ आइतबार १४:३२:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

स्पेनिस ला लिगा फुटबल अन्तर्गत आज राति बार्सिलोना र रियल बेटिस खेल्दैछन् । खेल नेपाली समय अनुसार पौने १ बजे नाउ क्याम्पमा हुनेछ । 

आजको खेलमा पनि लियोनल मेस्सी बार्सिलाेनाकाे टिममा हुने छैनन् । केही साताअघि प्रशिक्षणका क्रममा घाइते भएका मेस्सी अझै फिट मैसकेका छैनन् । घाइते भएपछि उनले ला लिगा सिजनकाे पहिलो खेल अन्तर्गत एट्लेटिको विल्बाओसँगकाे खेल गुमाएका थिए । जसमा बार्सिलाेना पराजित भएको थियो ।

यसअघि मेस्सी प्रशिक्षणमा फर्किएकाले बेटिसविरुद्धको खेलमा उनी प्लेयिङसेटमा हुने अपेक्षा गरिएको थियो । तर बार्सिलोनाका म्यानेजर एनेस्टो भाल्भर्डेले मेस्सी अझै शतप्रतिशत ठिक नभएकाले उनलाई खेलाएर खतरा मोल्न नसक्ने बताएका छन् ।

बार्सिलोनाबाट १६ वर्षीय मिडफिल्डर अन्सु फटिले खेल्ने छन् । उनले युईएफए युथ लिग २०१८/१९ मा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया