काठमाण्डौका सडक तथा पुल अलपत्र पार्ने १९ ठेकेदारलाई कारबाही गर्ने सरकारको चेतावनी

 भदौ ८, २०७६ आइतबार १३:३:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ उपत्यकाका सडक निर्माण अलपत्र पार्ने १९ ठेकेदार कम्पनीलाई सरकारले समयमै काम सक्न चेतावनी दिएको छ । सडक तथा पुल निर्माणको ठेक्का पाएका कम्पनीले शर्त अनुसारको काम नगरेको र ढिलासुस्ती गरेको भन्दै सडक डिभिजन काठमाण्डौले समयमै काम नसके ठेक्का तोड्नेसम्मको चेतावनी दिएको हो ।

१९ वटा ठेकेदार कम्पनीलाई काम बेलैमा सक्न र गुणस्तरीय काम गर्न पटक पटक निर्देशन दिँदा पनि काम सम्पन्न नभएको र अब पनि निर्धातिर समयमा काम नसके ठेक्का शर्त अनुसार कारबाही हुने सडक डिभिजन कार्यालय मिनभवनले जनाएको छ ।
 
सडक डिभिजन कार्यालयले निम्न ठेकेदारलाई चेतावनी दिएको छ :

आकासेधारा–राममन्दिर–कृष्णमन्दिर सडकमा ढिलाई गरेको शैलुङ कन्स्ट्रक्सन

साततले भन्डारी गार्मेन्ट–आकासेधारा–वालुवाखानी सडकमा ढिलाइ गरेको दिवा/शैलुङ जेभी

विष्णु बुढानिलकण्ठ–उत्तर शिवपुरी निकुञ्ज सडक ढिलाइ गर्ने स्वच्छन्द–पञ्चकन्या जेभी

कपनमार्ग–बुढानिलकण्ठको सडकमा ढिलाई गरिहरेको बिटी/अजम्बरी जेभी

बुढानिलकण्ठ–निलोपुर– शिवपुरी निकुञ्ज सडक अलपत्र पार्ने विरुवा कन्स्ट्रक्सन प्रालि

महाकाला भृकुटीचोक–तेञ्जिङचोक– चपली–बुढानिलकण्ठ सडक निर्माण ढिलाइ गर्ने तुँदी/प्रेरा जेभी

सुन्दरबस्ती आदर्शनगर–चुनिखेल–टुसाल–जगडोल–राष्ट्रिय सहिदपाक सडकमा ढिलाई गर्ने शैलुङ कन्स्ट्रक्सन

मनोहरा करिडोर सडकमा ढिलाई गरिरहेको एसएमएनएस/जयवावा एलसिएसपिएस जेभी

टोखा–त्रियोग स्कुल–धापासी– चक्रपथ सडक ढिलाई गर्ने भण्डारी विल्डर्स/कामख्या/धिताल जेभी

सितापाइला–रामकोट–भिमढुंगा सडकको प्रगती राम्रो नगरेको आषिश/सीएम/जयवावा जेभी

सोह्रखुट्टे पाटी पुनर्निर्माणमा ढिलाइ गरिरहेको दि आनन्द प्रालि

गोंगबु–रमणबस्ती जोड्ने विष्णुमती पुलमा ढिलाई गर्ने सिरुवा कन्स्ट्रक्सन प्रालि

चक्रपथ–सामाखुसी–टोखा गुर्जेभञ्ज्याङ सडक निर्माणमा ढिलाई गर्ने सुनौला खिम्ती/रफिना जेभी

मेलम्ची खानेपानी योजनाले भत्काएका सडक स्तरोन्नतीमा ढिलाई गर्ने सिआइपिएल/शैलुङ जेभी

खहरे–मुल्पानी–गान्धीमार्ग विस्तारमा ढिलाइ गरेको मोतिदान/दी कञ्चनजंगा जेभी

पेप्सीकोला–ब्रह्मखेल सडक निर्माणमा प्रगती हासिल नगरेको महालक्ष्मी/वल्र्डवाइड/भण्डार थोडुङ जेभी

पञ्चकन्या मार्ग–देउवा निवास–गिरिजाप्रसाद कोइराला शान्तिपार्क सडकमा ढिलाइ गर्ने गजुरमुखी/मोतीदान/ बानियाँ जेभी

साततले मिलनचोक–अग्निगुम्बा पश्चिम कपन सडक अलपत्र पार्ने मृतसंजिवनी/वाइवा एण्ड लामा जेभी

सिसडोल–बञ्चरेडाँडा सडक निर्माणमा ढिलाइ गरिरहेको कान्छाराम–सुनकोसी जेभी

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया