रसुवामा १० घर पहिरोकाे उच्च जोखिममा

 भदौ ८, २०७६ आइतबार १६:२३:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – कालिका गाउँपालिका वडा नम्बर-४, धुसेनीका १० घर पहिरोको उच्च जोखिममा परेका छन् । शुक्रबार राति परेको अविरल वर्षाका कारण गाउँमाथिबाट पहिरो आएपछि १० घर पहिरोको जोखिममा परेका हुन् । 

जिल्ला विपद् व्यवस्थापन समिति रसुवाका अनुसार गीतावल्लभ देवकोटा, कुलप्रसाद देवकोटा, लक्ष्मीनारायण देवकोटा, दयानिधि देवकोटा, निर्मला तामाङ, रामचन्द्र देवकोटा, दीपक देवकोटा, घननाथ देवकोटा र तोयानाथ देवकोटाको घर उच्च जोखिममा परेका हुन् ।

पहिरो रोकथामको लागि कालिका गाउँपालिका र जापानी सहयोग संस्था (जाइका) ले त्रिपाल र प्लास्टिक उपलब्ध गराएको छ । स्थायीरूपमा पहिरो नियन्त्रण गर्नका लागि वर्षाको समयमा सम्भव नभएको कारण अस्थायीरूपमा रोकथाम गर्न लागिएको गाउँपालिकाका उपाध्यक्ष भवानीप्रसाद न्यौपानले बताउनु भयो ।

त्यसैगरी कालिका गाउँपालिका वडा नम्बर-३ का तीन घर पनि पहिरोको उच्च जोखिममा रहेको वडाध्यक्ष पुष्पराज न्यौपानले बताउनु भयो । वडा नम्बर-३ मा केशवप्रसाद न्यौपाने, सोमप्रसाद न्यौपाने र रामचन्द्र न्यौपानेको घर जोखिममा परेका हुन् । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया