कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार
चितवन - पत्रकार शालिकराम पुडासैनीकाे आत्महत्या दुरुत्साहन कसुरको मुद्दामा अस्मिता कार्कीको बयान लिएर सकिएको छ ।
बाँकी रहेका टेलिभिजन प्रस्तोता रवि लामिछाने र पत्रकार युवराज कँडेलको भने सोमबार बिहान १० बजेबाट बयान लिन सुरु गरिने चितवन प्रहरीले जनाएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय चितवनले टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीनै जनाविरुद्ध आत्महत्या दुरुत्साहन कसुरमा मुद्दा दर्ता गरेर आइतबार बयान लिन सुरु गरेको थियो ।
पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा जिल्ला प्रहरी कार्यालय चितवनले १० दिन लगाएर अनुसन्धान सकेर आइतबार बिहान सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।
एक नम्बरका न्यायाधीश हेमन्त रावलको इजलासमा बयान सुरु भएको हो ।
राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ ।