कश्मीरमा डोनाल्ड ट्रम्पको यति धेरै चासोको कारण के हो ?

 भदौ ८, २०७६ आइतबार २०:३०:६ | एजेन्सी
unn.prixa.net

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच जी–७ देशहरुको शिखर बैठकका क्रममा भेटघाट हुँदैछ । 

यो भेटघाटमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मोदीसँग जम्मू कश्मीरलाई विशेष राज्यको दर्जा दिने धारा ३७० को बारेमा पुनर्विचार गर्न र जम्मू कश्मीरलाई दुई ओटा केन्द्रशासित प्रदेशमा बाँडिएपछि तनाव कम गर्ने योजनाका बारेमा सोध्नसक्ने बताइएको छ । 

सञ्चारमाध्यमहरुका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो भेटवार्तामा ‘क्षेत्रीय तनाव कम गर्ने बारेमा नरेन्द्र मोदीको योजना सुन्न चाहन्छन् । साथै विश्वको सबैभन्दा ठूलो लोकतन्त्रको अभ्यास गरिरहेको देशले कश्मीरका नागरिकको मानव अधिकारको सम्मान गर्ने विषयमा पनि कुरा हुनसक्छ ।’

भारत र पाकिस्तानबीच मध्यस्थताका प्रस्ताव दिइएपछि ट्रम्प लगातार कश्मीरको बारेमा कुरा गर्दै आइरहेका छन्, पटक पटक उनी विवादमा पनि तानिँदै आएका छन् । 

यही हप्ताको सुरुवातमा कश्मीरको समस्याबारेमा ट्रम्पले फरक ढंगले व्याख्या गर्दै भनेका थिए, ‘कश्मीर निकै जटिल स्थान हो । त्यहाँ हिन्दू पनि छन्, मुसलमान पनि छन् । यस्तो अवस्थामा म मध्यस्थता गर्न सक्छु । यो स्थिति हेर्दा निकै तनावपूर्ण देखिन्छ ।’   

मोदी र इमरान खानलाई फोन गरे    

डोनाल्ड ट्रम्पले दुई देशका प्रधानमन्त्री नरेन्द्र मोदी र इमरान खानसँग टेलिफोनमा पनि कुराकानी गरेका छन् । मोदीले ट्रम्पसँगको फोन वार्तामा प्रस्टसँग भनेका थिए, ‘क्षेत्रका केही विशेष नेताहरुको तर्फबाट भारत विरोधी बयान र हिंसालाई उकास्नु शान्तिको अनुकूल छैन’, त्यसपछि ट्रम्पले इमरान खानलाई कश्मीर मामिलामा भारतविरुद्ध लचिलो भएर बयान दिन भनेका छन् । 

हालै पाकिस्तानी प्रधानमन्त्री इमरान खानले अमेरिका भ्रमणका क्रममा ट्रम्पसँग अप्रत्याशितरुपमा नाटकीय ढंगले मध्यस्थताका बारेमा प्रस्ताव राखेका थिए । जुन कुराले भारतीय मिडियामा मात्रै नभइ राजनीतिकरुपमा पनि नकै तहल्का मच्चायो । 

इमरान खानलाई छेउमा राखेर ट्रम्पले व्हाइट हाउसमा संवाददातासँग भने, ‘यदि मैले मद्दत गर्न पाएको खण्डमा म मध्यस्थता गर्न चाहन्छु ।’ ट्रम्पले नरेन्द्र मोदीसँग यो महिनाको सुरुवातमा जापानमा भएको भेटमा भनेका थिए, ‘दुई हप्ता पहिले म प्रधानमन्त्री मोदीसँग थिएँ र मोदीले मलाई कश्मीर मामिलामा मध्यस्थता गर्न चाहनुहुन्छ भनेका थिएँ । र मैले मद्दत गर्न चाहेको खण्डमा मध्यस्थता गर्न चाहन्छु भनेको थिएँ ।’

वास्तवमा ट्रम्पको यो मनसाय भारतीयहरुलाई कुनै झट्काभन्दा कम छैन । बितेका दशकमा अमेरिकाले कश्मीरलाई भारत र पाकिस्तानबीच द्वीपक्षीय मसला अर्थात् भारतीय संवेदनासँग जोडेर हेर्ने गरेको छ । 

यो पनि साँचो हो कि बराक ओबामालगायत कैयौँ अमेरिकी राष्ट्रपतिलाई पनि कश्मीर विवादले भने आकर्षित नगरेको होइन । वर्तमान अमेरिकी राष्ट्रपति ट्रम्पका बारेमा अमेरिकी विदेश मन्त्रालयलाई त केही खबर छैन भने भारतको लागि त यो मुश्किल चुनौती हो । 

ट्रम्पले कश्मीर मुद्दालाई दखल दिनुको पछाडि उनी आफ्नो अफगानिस्तान नीतिको लागि पाकिस्तानको समर्थन सुनिश्चित गर्न सक्नु हो । ट्रम्पले पनि अमेरिकी सेनालाई अफगास्तिानबाट बाहिर निकाल्न चाहेका स्पष्ट पारेका छन् । राष्ट्रपतीय चुनाव नजिकिँदै आउँदा पनि ट्रम्प योजनाहरु बनाइरहेका छन् । 

कश्मिरमा अमेरिकाले जति नै कोसिस गरे पनि जमिनको वास्तविकतालाई भने बदल्न सक्दैन । न त कश्मीरलाई लिएर भारतीय नीति नै बदल्न सक्छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया