परिवारले बन्धक बनाएकी महिलाकाे उद्धार

 भदौ ८, २०७६ आइतबार १९:२८:३० | रामबाबु खड्का
unn.prixa.net

सर्लाही - परिवारले खान लाउन नदिएर घरमा बन्धक बनाइ राखेकी एक महिलालाइ सर्लाहीको ईश्वपुर नगरपालिका-१, पोखरियाबाट उद्धार गरिएको छ।

परिवारका सदस्यले यातना दिँदै घरको कोठामा बन्धक बनाएकी २२ वर्षीया नुरजहाँ खातुनलाइ मानव अधिकारकर्मीको टोलीले शनिबार दिउँसो उद्धार गरेको हो। परिवारले ११ दिनदेखि खान नदिएर कोठामा थुनेको पीडित महिलाको भनाइ छ।

खातुनले रुँदै भन्नुभयो, ‘मलाइ कोठामा थुनेर खान नदिएको आज ११ दिन भयो, मेरो माइतीले थाहा पाउँछन् भनेर मसँग भएको एउटा मोबाइलसमेत श्रीमानले खोस्नुभयो, दिनरात यसरी श्रीमान र सासू-सुराको कुटाइ खाएर कति दिन बस्नु ,काखमा डेढ वर्षको नानी छ खुवाउनलाई दुध आँउदैन।’

श्रीमान रिजवान अन्सारीको कुटाइबाट पीडित खातुन बेलाबेलामा बेहोस हुने गरेको स्थानीयको भनाइ छ। रिजवानले मुस्लिम परम्परा अनुसार तीन वर्ष अघि हरिपुर्वा नगरपालिका-९, बस्तिपुरका जुमराती अन्सारीकी छोरी नुरजहाँ खातुनसँग बिहे गरेका थिए।

बिहे अघि रिजवानको अर्कै केटीसंग प्रेमसम्बन्ध रहेको पीडित महिलाको भनाइ छ। साउन २८ गते बकर इद पर्वको कोसेली पुर्याउन छोरीको घरमा जाँदा छोरीलाइ आफ्नै अगाडि कुटपिट गरेपछि मात्र छोरीलाई यातना दिने गरेको थाहा पाएको माइतीको भनाइ छ।

छोरीलाइ घरमा बन्धक बनाएर परिवारले याताना दिन थालेपछि माइती पक्ष न्यायका लागि मानव अधिकार सञ्जालमा पुगेका थिए। पीडित महिलालाई मानव अधिकारकर्मी, महिला अधिकारकर्मी, प्रहरी र जनप्रतिनिधिले उद्धार गरी आफन्तको जिम्मा लगाएको मानव अधिकार सञ्जालको सर्लाही जिल्ला संयोजक मुकेश मिश्राले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: चैत ३०, २०८०

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

2 Comments

  • काजिमान लिम्बु

    Aug. 30, 2019, 8:22 p.m.

    पत्रकारले अरु खवर पनि पस्कनु पर्थ्यो जस्तै पिडकलाई के गरीयो त अनि प्रशासनले के गर्छ अव। जनतालाई आवस्यक सन्देश पनि पस्कनु पर्थ्यो तर यो समचारमा त्यस्तो पाईएन, दु:ख लाग्यो।

  •  0 Reply
  • Padam Ramdam

    Aug. 26, 2019, 9:39 p.m.

    एकदम राम्रो काम गर्नु भयो । यसरी कसैलाई पनि बिना कसुर कुटपिट र बन्धकबनाउन पाइदैना ।

  •  0 Reply

तपाईको प्रतिक्रिया