जथाभाबी फोहर फाल्नेबाट वीरगञ्ज महानगरले उठायो २७ लाख रुपैयाँ
चैत १६, २०८० शुक्रबार
संखुवासभा —पाँचखपन नगरपालिका–३ मा करेन्ट लागेर एक बालिकाको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा १४ वर्षीया एलिना राई रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । आइतबार साँझ घरमा नाङ्गो तार छुँदा एलिनालाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर घाइते भएकी एलिनालाई उपचारको लागि जिल्ला अस्पताल खाँदबारी लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको प्रहरीले जनाएको छ ।