पाकिस्तान र न्युजिल्यान्डबीचको टी–२० क्रिकेट शृङ्खला आजदेखि शुर...
बैशाख ६, २०८१ बिहिबार
नवलपरासी – कालीगण्डकी नदीबाट अवैध रुपमा नदीजन्य पदार्थ चोरी निकास गर्ने चार ओटा ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।
बुलिङटार गाउँपालिकाको नदीबाट अवैध रुपमा बालुवा निकाल्दै गरेका ४ ओटा ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको हो ।
बालुवा चोरी निकासी गर्दैगर्दा गाउँपालिका सदस्यदेखि नेपाली कांग्रेस बुलिङटार गाउँपालिका सभापतिको ट्रयाक्टरसमेत प्रहरीले नियन्त्रणमा लिएको छ । बुलिटङटार गाउँपालिका–३ का सदस्य विष्णुवीर जर्गामगर र नेपाली कांगे्रसका बुलिङटार गाउँपालिका सभापति चन्द्रबहादुर मगरको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले लु ३ त ६२३५, लु ३ त ९२०१, लु ३ त ६०२४ र लु ४ त २३१३ नम्बरका ट्याक्टरलाई अवैधरुपमा खोलाबाट नदीजन्य पदार्थ चोरी निकासी गर्दैगर्दा नियन्त्रणमा लिइएको बुलिङटार प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक सुबोध सापकोटाले बताउनुभयो ।
नियन्त्रणमा लिइएको लु ४ त २३१३ नम्बरको ट्याक्टर वडा सदस्य जर्घा मगर र लु ३ त ९२०१ र लु ३ त ६२३५ नम्बरको ट्रयाक्टर नेपाली कांग्रेसका गाउँपालिका सभापति मगरको रहेको प्रहरीले जनाएको छ ।
बुलिङटार प्रहरीले थप कारबाहीका लागि गाउँपालिकामा विवरण पठाइसकेको सहायक निरीक्षक सापकोटाले बताउनुभयो । गाउँपालिकाले नदीजन्य पदार्थ चोरी निकासीमा प्रयोग हुने ट्याक्टरलाई १५ हजार र संलग्न चालकलाई १० हजार गरी २५ हजार जरिबाना गर्ने नियम बनाएको छ ।
नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ ।