सुर्खेत बस दुर्घटना अपडेट : ज्यान गुमाउनेकाे संख्या ४ पुग्याे, १ जनाकाे सनाखत हुन बाँकी

 भदौ १२, २०७६ बिहिबार १७:२९:४१ | मुना हमाल
unn.prixa.net

सुर्खेत – बुधबार भएको बस दुर्घटना परी ज्यान गुमाउनेको संख्या चार पुगेको छ । 

दुर्घटनामा गम्भीर घाइते भएकी जाजरकोटको बारेकोट गाउँपालिका–७ की तारा बस्नेतको उपचारका लागि लखनउ लैजाने क्रममा ज्यान गएको सुर्खेत प्रहरीले जानकारी दिएको छ । 

जाजरकोटबाट नेपालगञ्ज जाँदै गरेको ना ४ ख ९३१७ नम्बरको भेरीगंगा यातायात समितिको बस रत्न राजमार्ग अन्तर्गत सुर्खेतको भेरीगंगा नगरपालिका–५ को एमाले मोडमा बुधबार बिहान दुर्घटना हुँदा ४ जनाको ज्यान गएको हो । 

ज्यान गुमाउने ४ जनामध्ये ३ जनाको परिचय खुलेको छ । दुर्घटनामा ज्यान गुमाउने एक जना महिलाको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक रबि रावलले जानकारी दिनुभयो । 

परिचय खुल्नेमा बारेकोट गाउँपालिका–७ की २५ वर्षीया लक्ष्मी बस्नेत, नलगाड नगरपालिका–७ की हजारी बादी र रहेको उहाँले बताउनु भयो । बसमा ३२ जना सवार रहेका थिए । दुर्घटनामा गम्भीर घाइते भएका ३ जनाको लखनउमा उपचार भैरहेको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया