रहेनन् पूर्व मन्त्री गणेश नेपाली

 भदौ १४, २०७६ शनिबार ६:२०:२ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – राष्ट्रिय जनता पार्टी नेपालका नेता एवं पूर्वमन्त्री गणेश नेपालीको शुक्रबार निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगबाट पीडित नेपालीको ७६ वर्षको उमेरमा शुक्रबार साँझ आफ्नै निवासमा निधन भएको हो ।

पूर्व खेलकुद मन्त्रीसमेत रहनु भएका नेता नेपालीले खेलकुद क्षेत्रको समग्र विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । महोत्तरीको जलेश्वर नगरपालिका वडा नं. २ निवासी नेपाली लामो समयदेखि बिरामी भएर घरमै बस्दै आउनु भएको थियो ।

उहाँको शनिबार बिहान जलेश्वरमा श्रद्धाञ्जली तथा शवयात्रा गरी पर्सापतैलीमा गएर अन्त्येष्टि गर्ने कार्यक्रम रहेको जनाएको छ ।

विक्रम संवत् १९९९ सालमा जन्मनु भएका नेपाली २०२७ सालमा नेपाली कांग्रेसमा आबद्ध भएर प्रजातान्त्रिक आन्दोलनमा होमिएसँगै आफ्नो पुस्तैनी थर तिवारीको ठाउँमा नेपाली भन्न र लेख्न थाल्नु भएको थियो । २०४४ सालमा नेपाली कांग्रेस महोत्तरीको जिल्ला सभापतिमा निर्वाचित उहाँ २०४६ सालको ऐतिहासिक जनआन्दोनलमा जिल्लाका मुख्य कमाण्डर नै हुनुहुन्थ्यो ।

राजनीतिब यात्रासँगै उहाँ २०५२ सालमा तत्कालीन एमालेमा आबद्ध हुनु भएको भएको थियो । यद्यपि एमालेसँगको आबद्धता २०६४ सालमा तोडेर तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टीमा प्रवेश गर्नु भएका नेपाली पहिलो संविधान सभाको निर्वाचनमा सभासदमा निर्वाचित भएपछि माधवकुमार नेपाल नेतृत्वको सरकारमा युवा तथा खेलकुद मन्त्री हुनु भएको थियो । पछिल्लो समय उहाँ राष्ट्रिय जनता पार्टीमा आबद्ध हुनुहुन्थ्यो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया