पहिरो गएपछि स्याफ्रु–रसुवागढी सडक खण्ड अवरुद्ध

 भदौ १५, २०७६ आइतबार ७:२२:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – पहिरोको कारण रसुवागढी नाका जोड्ने स्याफ्रु–रसुवागढी सडक खण्ड अवरुद्ध भएको छ । जिल्लाको गोसाईकुण्ड गाउँपालिका–२, तातोपानी क्षेत्र पहिरो गएपछि शनिबार रातिबाट सडक अवरुद्ध भएको हो ।

पानी परिरहेकाले अहिले काम गर्न नसकिएको र पानी रोकिएपछि काम सुरु गरिने रसुवागढी जलविद्युत् आयोजनाका प्रशासकीय अधिकृत टीका पौडेलले बताउनुभयो । यस क्षेत्रमा शुक्रबार बिहान पनि सडक अवरुद्ध भएको थियो ।

वर्षाको समयमा यस क्षेत्रमा जलविद्युत् आयोजनाले सडक मर्मत गर्ने तथा पहिरो पन्छाएर सडक खुलाउने काम गर्दै आएको छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया