युक्रेन र इजरायललाई ८७ अर्ब डलर सहयोग दिने प्रस्ताव अमेरिकी स...
बैशाख ८, २०८१ शनिबार
कैलाली – प्रहरीले धनगढीको चटकपुरबाट चार वटा पेस्तोलसहित तीन जना पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो काठमाण्डौ र जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले चटकपुरको एक घरबाट चार थान पेस्तोल, सुनका गहनासहित धनगढी उपमहानगरपालिका– ६ जाइका सञ्जय रानासहित तीन जना पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ ।
कैलालीका प्रहरी उपरीक्षक सुदीप गिरीले पेस्तोलसहित तीन जना पक्राउ परेको स्वीकार गरेपनि पक्राउ पर्नेको नाम अहिले बताउन नमिल्ने र पत्रकार सम्मेलन गरेर जानकारी गराइने बताउनुभयो । सञ्जयको साथबाट राष्ट्र बैंकका नक्कली कागजात, किर्ते तमसुक, सुनका गहना पनि बरामद भएको प्रहरी स्रोतले जनाएको छ ।
कैलालीको मटियारीका सञ्जयको समूहले चटकपुरमा घर भाडामा लिएर अवैध गतिविधि गर्दै आएको जानकारी पाएपछि ब्यूरोको टोली धनगढी पुगेको थियो ।
प्रहरीको लामो प्रयासपछि उनीहरु पक्राउ परेका हुन् । स्थानीय प्रहरी अधिकारीसँग राम्रो सम्बन्ध बनाएका कारण उनीहरु यसअघि पक्राउ पर्नबाट जोगिँदै आएको आरोप लाग्ने गरेको थियो ।
सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।