सुनसरीको २ वटा विद्यालयमा बम विस्फोट

 भदौ २०, २०७६ शुक्रबार ९:०:४१ | सुमन पुरी
unn.prixa.net

सुनसरी – सुनसरीका २ वटा विद्यालयमा बम विस्फोट भएको छ । 

बिहीबार मध्यरातमा सुनसरीको इटहरीमा रहेको सुष्मा गोदावरी कलेज  र धरानको दिल्ली पब्लिक स्कुलमा बम विस्फोट भएको हो । विस्फोटबाट दुवै विद्यालयको कम्पाउण्डमा क्षति पुगेको छ । विस्फोटको जिम्मा नेत्र विक्रम चन्द समूहको नेकपाले लिएको छ ।

जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विनोद शर्माले बम पड्काएर चन्दा आतंक मच्चाउने योजनाकासाथ शहरको चलेका विद्यालयमा विप्लव समूहले बम प्रहार गरेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो ‘प्रहरीले केहि दिन अगाडि विप्लव समूहका चन्दा उठाउने एक जनालाई इटहरीबाट पक्राउ गरेको थियो । त्यसैले डर देखाउन यो समूहले शैक्षिक संस्थामा बम प्रहार गरेको हो ।’ 

बम प्रहार गर्ने विप्लव समूहमाथि छिट्टै नै कारबाही गर्ने प्रहरीको भनाइ छ ।  चाडवाड नजिकिएसँगै सर्वसाधरण तथा अन्य स्कुलमा चन्दा असुल्न बम आतंक मच्चाइएको प्रहरी नायब उपरीक्षक शर्माले बताउनुभयो । उहाँले भन्नुभयो ‘उच्च सुरक्षाकासाथ अपराधिको खोजी भइरहेको छ ।’

अन्तिम अपडेट: चैत १६, २०८०

सुमन पुरी

उज्यालोका सुनसरी सहकर्मी सुमन पुरी सप्तकोशी एफएम सुनसरीमा पनि काम गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया