यू-१९ एसिया कप :  बंगलादेशविरुद्ध जित्नैपर्ने दबाबमा नेपाल

 भदौ २२, २०७६ आइतबार ७:१४:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

श्रीलंकामा जारी एसीसी यू-१९ एसिया कप क्रिकेटमा नेपालले आइतबार अर्को टेस्ट नेशन बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र बंगलादेशबीचको खेल बिहान सवा १० बजेदेखि सुरु हुनेछ ।

पहिलो खेलमा घरेलु टोली श्रीलंकासँग ५ विकेटले पराजित भएको नेपाललाई सेमिफाइनल पुग्ने सम्भावना बनाइराख्न बंगलादेशमाथि जित निकाल्नै पर्ने चुनौती छ । यदि आइतबार नेपाल बंगलादेशसँग पराजित भएमा सेमिफाइनल पुग्ने सम्भावना सकिने छ । पहिलो खेलमा बंगलादेशले यूएईलाई पराजित गरेको थियो ।

त्यसैले श्रीलंकाले यूएईलाई र नेपालले बंगलादेशलाई पराजित गरे अन्तिम खेल अगावै नेपाल र यूएई प्रतियोगिबाट बाहिरिने छन् । नेपाल पहिलो खेलमा श्रीलंकासँग ५ विकेटले पराजित भएको थियो । बंगलादेशले यूएईलाई ६ विकेटले पराजित गरेको थियो । नेपाल र बंगालादेश अहिलेसम्म आठ पटक खेलिसकेका छन् ।

१९९८ मा पहिलो पटक खेलको यी दुई टिम अन्तिम पटक बंगलादेशमा नै दुई पक्षीय सिरिज खेलका थिए । यो बीचमा नेपालले बंगलादेशलाई दुई पटक मात्रै हराएको छ ।

सन् २००२ को विश्वकपको प्लेट च्याम्पियनसिपमा पराजित गरेको थियो भने अन्तिम पटक बंगलादेशलाई दुईपक्षीय सिरीजमा उसकै मैदानमा हराएको थियो । दुवै खेलमा बंगलादेशलाई हराउँदा विनोद दास टिममा रहेका थिए । २००२ मा उनी खेलाडीका रुपमा थिए भने पछिल्लो पटक प्रशिक्षकका रुपमा थिए ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया