कपिलवस्तुका सबै घरकाे छानाे अब टिनकाे बनाइने

 असार २९, २०७५ शुक्रबार १४:२०:२५ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु - कपिलवस्तु नगरपालिकाको तेस्रो नगर सभा तौलिहवामा सम्पन्न भएको छ । नगर सभाले आउँदो आर्थिक वर्ष २०७५/०७६ का लागि कुल ७१ करोड ३ लाख ३० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

जस अन्तर्गत पूँजीगत खर्च तर्फ ५३ करोड ९६ लाख ४१ हजार र चालु खर्च तर्फ १७ करोड ६ लाख ८९ हजार रुपैयाँको बजेट विनियाेजन गरिएकाे छ । तेस्रो नगर सभाले पारित गरेको नीति तथा कार्यक्रम नगर प्रमुख किरण सिंहले सार्वजनिक गर्नुभएकाे हाे । 

समृद्ध नगर, खुशी नगरवासी, स्थिर र दिगो विकासको गति भन्ने नाराका साथ आगामी आर्थिक वर्ष २०७५/०७६ का लागि वार्षिक नीति तथा कार्यक्रममा शिक्षा र स्वास्थ्यमा विशेष प्राथमिकता दिइएको नगर प्रमुख सिंहले बताउनुभयाे ।

आगामी ५ वर्षभित्र कपिलवस्तु नगरपालिकालाई फुसको घर रहित नगरपालिका निर्माण गर्न नगर क्षेत्रका फुसको घरलाई टिनको छानोयुक्त घरको रुपमा परिणत गरिने उहाँले बताउनुभयाे ।  

नगरवासीको जीवन स्तर उकास्ने खालको कार्यक्रम बजेटले समेटेकाे छ । नगर सुन्दरीकरण, गुणस्तरीय स्वास्थ्य सेवा, संचारमैत्री नगर, खेलकुद विकास लगायतका महत्वपूर्ण कार्यक्रमहरु नगर सभाले सम्बाेधन गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमलराज आचार्यले बताउनुभयाे ।  

यस वर्षको नीति तथा कार्यक्रमले नगर क्षेत्रमा छात्रा कलेजको स्थापना, महिला तथा लक्षित वर्ग उन्मुख सहकारी संस्थाहरुको संस्थागत क्षमता अभिवृद्धि गर्न विशेष कार्यक्रम संचालन गरिने नगरपालिकाकी उप प्रमुख लक्ष्मी देवी गुप्ताले बताउनुभयाे ।  


 

अन्तिम अपडेट: बैशाख ८, २०८१

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • Anil Verma

    July 14, 2018, 8:16 a.m.

    अत्ति उत्तम कार्य नेताज्यू !

  •  0 Reply

तपाईको प्रतिक्रिया