पाकिस्तानलाई जम्मू-कश्मीरको एक इञ्च पनि दिँदैनौँ : शशि थरुर

 भदौ २४, २०७६ मंगलबार ११:१:५६ | एजेन्सी
unn.prixa.net

भारत प्रशासित कश्मीरबाट धारा ३७० हटेसँगै भारत र पाकिस्तानबीच तनाव बढिरहेको छ । दुवै देशले एकअर्कालाई निशाना बनाउँदै आरोप प्रत्यारोप लगाउने क्रम चलिरहेको छ । 

यही विषयलाई लिएर भारतीय वरिष्ठ कांग्रेस नेता शशि थरुरले पनि आफ्नो भनाइ राखेका छन् । पाकिस्तानलाई भारतको मामिलामा दखल दिने कुनै हक नभएको थरुरले बताएका छन् । थरुरले कश्मीर भारतको आन्तरिक मामला भएको बताए ।

उनले भने, ‘हामी विपक्षी हौँ र देशभित्रको कश्मीरको हालतलाई लिएर सरकारको आलोचना गर्न सक्छौँ । तर भारत बाहिर हामी सबै एक हौँ । हामी पाकिस्तानलाई एक इञ्च जमिन पनि दिँदैनौँ ।’

साथै थरुरले कश्मीरको मुद्दा संयुक्त राष्ट्रसंघ पुगेको अवस्थामा सबै विपक्षी पार्टी मोदीसँगै उभिने बताए । 

पाकिस्तानका विदेशमन्त्री महमूद कुरैशी जेनेभा सन्धीको तीन दिवसीय भ्रमणमा गएपछि कांग्रेस नेता शशि थरुरको यो बयान आएको हो ।

अन्तिम अपडेट: चैत ९, २०८०

1 Comments

  • Jhapendra

    Sept. 12, 2019, 9:55 p.m.

    कति मजाले भनेको "पाकिस्तानलाई भारतको मामिलामा दखल दिने कुनै हक नभएको थरुरले बताएका छन् । थरुरले कश्मीर भारतको आन्तरिक मामला भएको बताए ।" कस्मिर वारे पाकिस्तान ले नबोले के अमेरिका ले बल्ला त। त्यस्तो हो भने नेपाल को सिमा चै मिच्न पाईने रै छ।

  •  0 Reply

तपाईको प्रतिक्रिया