स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा

 भदौ २५, २०७६ बुधबार ११:८:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुग्नुभएको छ ।

प्रधानमन्त्री ओली साधारण फलोअपका लागि त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पुग्नुभएको उहाँको सचिवालयले जनाएको छ । 

सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा प्लाज्मा फेरिसिस प्रक्रियामार्फत उपचार गराएर उहाँ गएको साता शुक्रबार स्वदेश फर्कनुभएको थियो ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया