झडपबीच नेकपाले सिरहा र सप्तरी जिल्लाका पदाधिकारीलाई गरायो सपथ ग्रहण

 भदौ २५, २०७६ बुधबार १२:३:४६ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – झडप र विवादकाबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश २ का दुई जिल्लाका पदाधिकारीहरुलाई शपथ ग्रहण गराइएको छ । असन्तुष्ट हुँदै विरोधमा उत्रेका नेकपाका नेता तथा कार्यकर्ता घर फर्केपछि मंगलबार साँझ सिरहा र सप्तरीका जिल्ला पदाधिकारीलाई शपथ ग्रहण गराइएको हो ।

महोत्तरीको बर्दिबासमा नेकपा प्रदेश कमिटीले मंगलबार शपथ ग्रहण समारोह आयोजना गरेको थियो । त्यसमा पहुँचवाला नेताले आफ्ना आसेपासेलाई जिल्ला पदाधिकारीमा चयन गरेको र पार्टीका सक्रिय नेता कार्यकर्तालाई बेवास्ता गरेको भन्दै असन्तुष्टपक्षले शपथग्रहण समारोहलाई विथलोपछि दिउँसो झडप भएको थियो ।

असन्तुष्ट नेता कार्यकर्ताले शपथ ग्रहण समारोहमा कुर्सी फालाफालसँगै नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साह र सचिव सुमन प्याकुरेलमाथि हातपातको समेत प्रयास गरेको थियो । झडपमा केही नेता कार्यकर्ता समान्य घाइते भएका थिए । झडपलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज समेत गरेको थियो ।

दुईतर्फी झडपपछि असन्तुष्ट नेता तथा कार्यकर्ता शपथ ग्रहण समारोह स्थगित गर्न माग गर्दै त्यहाँ साढे ६ बजेसम्म बजेसम्म धर्ना दिएका थिए । तर उनीहरु घर फर्केपछि नेकपाका प्रदेश कमिटीले सिरहा र सप्तरीका जिल्ला पदाधिकारीलाई शपथ ग्रहण गराएका थिए । प्रदेश २ का नेकपाका इन्चार्ज तथा प्रदेश संसदीय दलका नेता सत्यनारायण मण्डलले जिल्ला पदाधिकारीहरुलाई शपथ ग्रहण गराउनु भएको थियो ।

अन्तिम अपडेट: चैत १२, २०८०

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया