गल्छीमा खसेको लेदो माटो अझै हटाउन सकिएन, एकतर्फीमात्रै गाडी सञ्चालनमा

 भदौ २५, २०७६ बुधबार १२:३०:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फोटो

धादिङ – पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छीमा खसेको लेदो माटो अझै हटाउन सकिएको छैन ।

गल्छी गाउँपालिका– ७ मा लेदो माटो खसेपछि बिहान ४ बजेदेखि नै यो सडकखण्डमा एकतर्फी मात्रै गाडी चलेका ट्राफिक प्रहरीले जनाएको छ ।

एकतर्फी मात्रै गाडी चलेपछि यो सडकखण्डमा अहिले लामो जाम छ । स्थानीयले खेतमा लगाएको पानी पोहोर पहिरो गएको ठाउँमा खसेपछि बाटो चिप्लो भएको हो । अहिले बाटोमा खसेको माटो हटाउने काम भैरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया