ढुङ्गामा कुँदिएका प्राचीन अक्षर मात्रै इतिहास होइन : शताब्दी पुरुष जोशी

 भदौ २६, २०७६ बिहिबार ७:३३:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ढुङ्गामा कुँदिएका प्राचीन अक्षर मात्रै इतिहास नभएको वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले बताउनुभएको छ ।

नेपाल सांस्कृतिक संघ र टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानद्वारा डिल्लीबजारमा रहेको नेपाल सांस्कृतिक भवनमा आयोजित अरबिन्द रिमालद्वारा लिखित ‘डिल्लीबजारको लप्टनको होटल’ पुस्तक लोकार्पण गर्दै उहाँले इतिहास पात्रहरुले दिएका योगदानको व्याख्या गर्नुभयो । उहाँले ऐतिहासिक घटनाहरुलाई लिपिबद्ध लेखिएका कथा पनि इतिहास भएकाले त्यस्ता घटनाहरुको लेखनमा जोड दिनुभयो । 

संघका अध्यक्ष गोविन्द देव पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ पत्रकार भैरब रिसालले नेपाली नयाँ पुस्ता नेपालको इतिहास, भूगोल र संस्कृति अध्ययनमा टुहुरो रहेको बताउँदै ऐतिहासिक ‘डिल्लीबजारको लप्टनको होटल’ नेपाली राजनीतिक इतिहासमा परिवर्तनको साक्षी भएकाले यसबारे नयाँ पुस्ता जानकार हुनुपर्ने बताउनुभयो । 

कार्यक्रममा पूर्व राजदूत कमल कोइराला, इतिहासकार सागर शमशेर राणा, डा. अरुण उप्रेती र विश्लेषक हरि रोक्कालगायतले पनि इतिहासको सूक्ष्म विश्लेषण गरिएको यस्ता पुस्तक लेख्न र प्रकाशन गर्न पर्नेमा जोड दिनुभयो ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया