प्रदेश २ का मुख्यमन्त्रीलाई मातृशोक

 असार २९, २०७५ शुक्रबार १६:५४:२८ | उज्यालो सहकर्मी

पर्सा - प्रदेश नं. २ का  मुख्यमन्त्री लालबाबु राउत गद्धीलाई मातृ शोक परेको छ । उहाकी माता राधीका देवीको ७६ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो ।

उहाँलाई सीमावर्ती रक्सौलको डंकन अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो । राधीका देवी मधुमेह र मुटुको रोगबाट पीडित हुनुहुथ्यो ।

अस्पतालमा उपचारार्थ आमाको स्वास्थ्य अवस्था बिग्रिएको थाहा पाएपछि मुख्यमन्त्री राउत बुधवार बीरगंज आउनु भएको थियाे  । राधीका देवीलाई रोगले च्यापेपछि रक्सौल स्थित डंकन अस्पतालमा भर्ना गरिएको संघीय समाजवादी फोरम नेपालका प्रदेश सचिव सलाउदिन अहमदले बताउनु भयो । 

अस्पतालमा भर्ना हुनु भएकी राधीका देवीले मुख्यमन्त्री लालबाबु राउतलाई देख्न मन लागेको भनेपछि मुख्यमन्त्री राउत जनकपुरबाट बुधवार वीरगंज आउनु भएको हाे ।

राधीका देवीको मुस्लिम परम्परा अनुसार अन्तिम संस्कार गरिने भएको छ । उहाको  पैत्रिक गाउँ पर्साको जगरनाथपुरमा भोली शनीवार अन्तिम संस्कार गरिने अहमदले जानकारी दिनु भायाे  । 

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया