नेकपाले दल दर्ताका लागि निर्वाचन आयाेगमा निवेदन दियाे

 भदौ २६, २०७६ बिहिबार १३:२२:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - आउँदाे मंसिरमा हुने उप चुनावका लागि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले निर्वाचन आयोगमा दल दर्ताको लागि निवेदन दिएको छ । 

नेकपाको बुधबार बसेको सचिवालय बैठकले आउँदाे मंसिर १४ गते हुने उप चुनावमा भाग लिने निर्णय गर्दै दल दर्ताका लागि महासचिव विष्णु पौडेललाई जिम्मेवारी दिएको थियो । 

प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावमा भाग लिएका दलहरुले दल दर्ता गर्न नपर्ने भए पनि त्यो चुनावमा भाग नलिएका र अहिले हुन लागेको चुनावमा भाग लिन लागेका दलले भने आयोगमा दल दर्ता गर्नु पर्नेछ ।

तत्कालीन एमाले र माओवादी केन्द्र दुई दलको एकीकरणपछि नेकपा बनेकाले चुनावमा सहभागी हुन आयोगमा अनिवार्य दल दर्ता गर्नुपर्ने भएको हो । दल दर्ताका लागि बिहीबार आयोगमा निवेदन दिएको परराष्ट्र मन्त्रीसमेत रहनुभएका नेकपाकाे निर्वाचन विभाग प्रमुख प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

 

दल दर्ताका लागि मन्त्री ज्ञवालीसहित खिमलाल देवकोटासहित, ईश्वरी रिजाल, श्रीरामजी ढकाल, बाबुराम दहाललगायत निर्वाचन आयोगमा पुग्नुभएको थियो ।  

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया