टाइगरबिना ‘वार’ मा काम गर्न तयार भएका थिएनन् ऋतिक रोशन

 भदौ २७, २०७६ शुक्रबार १४:१७:२१ | एजेन्सी
unn.prixa.net

अभिनेता ऋतिक रोशन अभिनित फिल्म ‘वार’ २०१९ को अक्टुबर २ मा रिलिज हुँदैछ ।

यस एक्शन थ्रिलर फिल्ममा पहिलो पटक ऋतिक रोशन अभिनेता टाइगर श्राफका साथ देखिँदैछन । हालै ऋतिकले एउटा अन्तर्वार्तामा टाइगरसँगको सम्बन्धको विषयमा बताएका छन् । ऋतिकका अनुसार उनले फिल्म ‘वार’ टाइगर भएनन् भने अभिनय नै नगर्ने भनदै अस्वीकार गरिदिएका थिए । ऋतिकले भने, ‘म धेरै खुशी छु । एक समय थियो जुन बेला उ मलाई देखेर प्रेरित हुन्थ्यो,  आजको समयमा म उसलाई देखेर प्रेरित भइरहेको छु ।’

ऋतिकले अगाडि भनेँ, ‘सुपर ३०’ पछि म अल्छी भएको थिएँ । म केवल खाना खाने र बस्ने काम मात्रै गर्थे । वर्कआउट गर्न छोडिसकेको थिएँ । म निकै खुशी थिएँ । त्यसको केही समयपछि मैले अब कसरी फर्कने भन्ने बारेमा सोच्न थालेँ । म यस्तो स्क्रिप्टको खोजीमा लागेँ, जसले मेरो पछिल्लो फिल्मले जसरी प्रभाव पार्न सकोस् । यसैकारण मैले आफूले सक्दो राम्रो गर्ने कोसिस गरेँ । अन्ततः मैले एक स्क्रिप्ट पाएँ र मैले निर्देशक सिद्धार्थ आनन्द र निर्माता आदित्य चोपडासँग एउटै कुरा भनेँ । मैले भने कि म तब मात्रै ‘वार’ गर्नेछु, जब यस फिल्ममा टाइगर श्राफ हुनेछन् ।’

ऋतिकले टाइगरको प्रशंशा गर्दै भने, ‘मलाई थाहा छ, टाइगर नै एकमात्र त्यो अभिनेता हो, जो मेरो अगाडि उभिन सक्छ । मलाई उसको बराबरी गर्नका लागि आफ्नो तर्फबाट उत्कृष्ट गरेर देखाउनु छ । तर मलाई लाग्दैन कि म टाइगरको बराबरीमा छु । यो राम्रो कुरा हो कि हामी दुवै एकअर्कालाई उत्कृष्ट काम गर्न प्रेरित गर्नेछौँ । उनी अदभूत छन् । उनी यहाँ ५० वर्षसम्म रहनेछन् । साथै उनको बराबरी कसैले गर्न सक्दैन ।’

फिल्म ‘वार’ को छायाँकंन ७ वटा देशको १५ वटा शहरमा गरिएको छ । विश्वका चार जना उत्कृष्ट एक्शन डायरेक्टरहरुले फिल्मका सिनहरु कोरियोग्राफ गरेका छन्, ताकि फिल्मको एक्शन फरक देखियोस् । फिल्ममा ऋतिक र टाइगरका साथै अभिनेत्री वाणी कपूर, आशुतोष राणा, दीपानिता शर्मा र अनुप्रिया गोयनका मुख्य भूमिकामा छन् ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया