डेंगीकाे संक्रमणबाट दाङमा एक जनाकाे ज्यान गयाे

 भदौ २७, २०७६ शुक्रबार १७:४२:५१ | हेमराज शर्मा
unn.prixa.net

दाङ - डेंगीकाे संक्रमणले दाङको दंगीशरण गाउँपालिका-१, फुर्केसल्ली मलैकी २१ वर्षीया प्रतीक्षा बुढाको ज्यान गएको छ ।

नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा उनको ज्यान गएको मृतकका मामा अमर बुढाले जानकारी दिनुभयो।

दाङको तुलसीपुरमा उपचार सम्भव नभएपछि भदौ ७ गते उपचारका लागि नेपालगञ्ज लगिएको थियो । अहिलेसम्म दाङमा १८ महिला र २४ पुरुष गरी ४२ जनामा डेंगीकाे संक्रमण देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

याेसहित डेंगीकाे संक्रमणबाट ज्यान गुमाउनेकाे संख्या ७ पुगेकाे छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया