भारतका पहिलो विदेशी खेलाडी: जो पढ्न आएका थिए तर बने क्रिकेटर

 भदौ २८, २०७६ शनिबार २०:०:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतीय क्रिकेट टिमका पूर्व उत्कृष्ट अलराउण्डर र फिल्डर रहेका रोबिन सिंंहका लागि आज (शनिबार) को दिन निकै विशेष छ । सन् १९६३ सेप्टेम्बर १४ तारिखमा जन्मिएका रोबिन आज ५६ औँ जन्मदिन मनाउँदै छन् । 

रोबिनको जिन्दगीको कथा कुनै चलचित्रको भन्दा कम छैन । भारतीय क्रिकेट टिममा सामेल हुन उनले निकै संघर्षको सामना गरेका छन् । 

रोबिन सिंंहको मूल नाम रवीन्द्र रामनारायण सिंंह हो । उनको जन्म वेस्ट इण्डिजको ट्रिनिडाडमा भएको थियो । भारतीय मूलका भएर पनि उनका पुर्खा पछिल्लो केही वर्षदेखि वेस्ट इण्डिजमा रहँदै आएका थिए । 

रोबिन सिंंहको क्रिकेटकाे सुरुवात ट्रिनिडाडमा नै भएको थियो । उनी वेस्ट इण्डिजमा स्कुल र क्लबस्तरीय क्रिकेट खेल्ने गर्दथे । 

एक पटक भारतको हैदराबाद ब्लू नामको क्रिकेट टिम प्रतियोगिता खेल्न वेस्ट इण्डिज पुगेको थियो । त्यहाँ रोबिनले ट्रिनिडाडबाट खेलेको थिए । उनको उत्कृष्ट प्रदर्शन देखेर अकबर इब्राहिम नामका एक व्यक्तिले उनलाई भारत आउन निमन्त्रण दिएका थिए र उनी सन् १९८४ मा मद्रास आएका थिए । 

भारत आएपछि रोबिनले युनिभर्सिटी अफ् मद्रासमा इकोनोमिक्समा मास्टर डिग्री लिए । उनले पढाइ गर्दागर्दै क्रिकेट खेल्न सुरु गरे । त्यसपछि उनी चेन्नई पुगे । 
उनले भारतीय क्रिकेट टिमबाट खेल्न सुरु गरे पनि भारतको नागरिकता भने निकै पछि मात्र पाए। भारतीय नागरिकता पाएपछि उनले सन् १९८९ मा वेस्ट इण्डिज भ्रमणका लागि भारतीय टिममा परे । 

रोबिन त्यस्ता भारतीय खेलाडी हुन्, जसको फिल्डिङ सीप र क्षमताको प्रशंसा गरिन्छ । रोबिनले भारतको लागि १३६ एक दिवसीय क्रिकेट र एक टेस्ट म्याच खेले । एक दिवसीयमा २३३६ रन बनाएका अलराउण्डर रोबिनले ६९ विकेट पनि लिएका छन् । सन् २००१ मा उनले सबै फर्म्याटको क्रिकेटबाट सन्यास लिए । 

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया