तीन दिनसम्म देशैभर बदली र वर्षा, यस्तो छ पूर्वानुमान

 भदौ २९, २०७६ आइतबार ८:२४:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आइतबार देशका धेरैजसो ठाउँमा पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । भारतको मध्य प्रदेशको उत्तर पश्चिमी भागमा बनेको न्यूनचापीय प्रणाली र बंगालको खाडिबाट अएको जलवाष्प युक्त हावाको प्रभावका कारण देशभर मौसमी गतिविधि बढिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

साथै, मनसुनी न्यून चापीय रेखा (मनसुनी समयमा वर्षा गराउने प्रणाली) को पश्चिमी भाग औसत स्थानको आसपासमा रहेको र पूर्वी भाग औसत स्थानभन्दा थोरै उत्तरतर्फ सरेकाले पनि मनसुनी गतिविधि केही सक्रिय भएको महाशाखाले महाशाखाले जनाएको छ  ।

मनसुनी न्यूनचापीय रेखाको औसत स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरियाणा, दिल्ली, दक्षिण–उत्तर प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगालदेखि बंगालको खाडीसम्म बुझ्नु पर्ने हुन्छ ।

मनसुन सक्रिय भएकाले धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । एकैछिन माैसम खुले पनि एकैछिनमा बदली हुने र अबको तीन दिन यस्तै किसिमको मनसुनी गतिविधि भइरहने सम्भावना रहेको उहाँले बताउनुभयो । 

यस्तो छ आगामी तीनदिनको मौसम पूर्वानुमान 

भदौ २९ गते आइतबार

दिउँसो : देशभरी आंशिकदेखि सामान्य बदली हुने र केही भू–भागमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

राती : देशभरी सामान्य बदली रहने र केही भू–भागमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशको पूर्वी तथा मध्य भू–भागका केही ठाउँमा भारी वर्षाको सम्भावना छ । 

भदौ ३० गते सोमबार

दिउँसो : देशभरी आंशिकदेखि सामान्य बदली हुने र केही भू–भागमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका पहाडी भेगका केही भू–भागमा भारी वर्षाको सम्भावना छ । 

राति : देशभरी सामान्य बदली रहने र केही भू–भागमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशको थोरै ठाउँमा भारी वर्षाको सम्भावना छ ।

भदौ ३१ गते मंगलबार

दिउँसो : देशभरी सामान्य बदली हुनुका साथै मध्य, पूर्व तथा पश्चिमका भूभागमा चट्याङसहित  हल्कादेखि मध्यम वर्षाको हुनेछ । मध्य तथा पश्चिमी भेगका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । 

राति : देशभरी सामान्यदेखि पूर्ण बदलीको सम्भावना छ । मध्य, पूर्व तथा पश्चिमका भूभागमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको हुनेछ । देशका केही ठाउँमा भारी वर्षाको सम्भावना छ ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया