वित्थडचिर गाउँपालिकाको गाडीमा आगजनी

 भदौ २९, २०७६ आइतबार ११:४१:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

बझाङ – वित्थडचिर गाउँपालिकाको गाडीमा आगजनी भएको छ । गाउँपालिकाको कार्यालयमा पार्किङ गरेको राखेको से १ झ २७४ नम्बरको गाडीमा आगजनी भएको हो ।

प्रतिबन्धित विप्लव नेतृत्वको माओवादी कार्यकर्ताले गाडीमा आगजनी गरेको प्रहरीले आशंका गरेको छ । आगजनीमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया