प्रहरी नियन्त्रणमा रहेका ज्ञानेन्द्र शाही छुटे

 भदौ २९, २०७६ आइतबार १४:४०:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता दाबी गर्ने ज्ञानेन्द्र शाहीलाई प्रहरीले सुरक्षाको लागि भन्दै नियन्त्रणमा लिएर छोडेको छ ।

ललितपुरको पुल्चोकमा शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा विवाद उत्पन्न भएपछि उनलाई सुरक्षाका लागि एकछिन नियन्त्रणमा लिएर छोडिएको ललितपुर प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार शाहीमाथि आक्रमण हुनसक्ने भन्दै सुरक्षाका लागि नियन्त्रणमा लिइएको हो । पत्रकार सम्मेलनमा विवाद चर्किने देखिएपछि सुरक्षाका लागि एकछिन परिसरमा राखेर छाडिएको प्रहरीको भनाइ छ ।

शनिबार साँझ नेपालगञ्ज विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईका कारण विमान उडान ढिलो भएको भन्दै शाहीले विरोध जनाएका थिए । उनले यही विषयमा पत्रकार सम्मेलन गर्दा विवाद भएको थियो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

7 Comments

  • ARJUN NARSINGH KUNWAR

    Sept. 15, 2019, 11:23 p.m.

    माननीयको विरोध हुँदैहोइन, यो सिस्टमको विरोध हो , स्वाभाविक पनि थियो / माननीयले ' ढिलो भएकोमा क्षमा' भनेको भए स्थिति तत्काल नै साम्य हुन्थ्यो /

  •  0 Reply
  • तुल्सीराम थापा

    Sept. 15, 2019, 8:24 p.m.

    राजा अाउ देश बचाउ भन्न पर्ला जस्तो छ त हजुर । हामीलाई गणतन्त्र अलि फापेन र सँगै संघियता पनि खारेज गर्नु पर्छ है । #kingnepal #raja

  •  0 Reply
  • भवानी प्रसाद घिमिरे

    Sept. 15, 2019, 7:19 p.m.

    राजा आउ देश बचाउ

  •  0 Reply
  • Santosh Lamichhane

    Sept. 15, 2019, 6:01 p.m.

    Uff ganatantra

  •  0 Reply
  • Raghav Ghimire

    Sept. 15, 2019, 5:20 p.m.

    बिरोध भन्दैमा जे जे पनि गर्न भएन मित्रहरू बिरोध पनि सालिन र समयमित हुन परो। सधै बिरोध मात्र समाधान हैन। ज्ञानेन्द्र शाहि गुन्डा त हैन नि? अनि जहाँ पनि दादागिरि अलि बढी भयो ।

  •  0 Reply
  • Dev

    Sept. 15, 2019, 5:17 p.m.

    Welcome to Nepal police for taking care of the people' s safety.

  •  0 Reply
  • Balkrishna Regmi

    Sept. 15, 2019, 2:53 p.m.

    नजायज कुराको बिरोध गर्न पनि नपाउने यो कस्तो प्रजातान्त्रिक अभ्यासमा छौ हामीहरु । उफ्फ गणतन्त्र ! ! !

  •  0 Reply

तपाईको प्रतिक्रिया