प्रिमियर लिगमा आज राति आर्सनल र चेल्सी खेल्दै
बैशाख ११, २०८१ मंगलबार
भोजपुर – भोजपुर नगरपालिका–११ आम्तेकमा छोराले खुकुरी प्रहार गर्दा बाबु गम्भीर घाइते भएका छन् ।
स्थानीय २५ वर्षीय शिवहाङ राईले घरायसी विवादमा ५५ वर्षीय बाबु ‘रामकुमार’ भनिने चन्द्रबहादुर राईलाई खुकुरी प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
शनिबार साँझ ५ बजेतिर बाबु छोराबीच विवाद चर्किएपछि शिवहाङले बाबुलाई खुकरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट चन्द्रबहादुरको गर्दनमा गहिरो चोट लागेको प्रहरी निरीक्षक (इन्स्पेक्टर) पाण्डवराज राजवंशीले बताउनुभयो ।
गम्भीर घाइते चन्द्रबहादुरको जिल्ला अस्पताल भोजपुरमा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।
घटनालगत्तै फरार रहेका शिवहाङलाई प्रहरीले खोजतलासका क्रममा आइतबार बिहान साढे १० बजेतिर भोजपुर नगरपालिका–१० को भैसीपंखाको असिनेबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।