दाङमा करेन्ट लागेर एक जनाको ज्यान गयो

 भदौ ३०, २०७६ सोमबार ९:१७:१० | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ – घोराहीमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।

घोराही उपमहानगरपालिका– १६ गुर्जेखोलाको पुल नजिकै पुल निर्माणको काम गर्न बसेका शिवराज चाैधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आइतबार राति केरेन्ट लागेर कञ्चनपुर लालझरी गाउँपालिका–६ का २३ वर्षीय शिवराज चौधरीको ज्यान गएको प्रहरी उपरीक्षक (एसपी) विनोद विक्रम शाहले जानकारी दिनुभयो ।

दाहिने हातमा करेन्ट लागेर गम्भीर घाइते भएका चाैधरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लैजाँदै गर्दा ज्यान गएको हो ।

यस्तै, नदीमा बगेर एक व्यक्ति बेपत्ता भएका छन् । आइतबार राति पौने ९ बजेतिर लमही नगरपालिका– ६ मध्यनगर निवासी ६५ वर्षीय दंखु चौधरीलाई राप्ती नदीले बगाएको हो ।

यसैगरी, दाङमा एक नवजात शिशुको शव फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका –१९ हिडिमे डाँडाँगाउँमा फागुना चौधरीको मकैबारीमा ५/६ महिनाको नवजात शिशुको शव फेला परेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया