प्रहरीलाई दुर्व्यवहार गरेको अभियोगमा ज्ञानेन्द्र शाहीमाथि मुद्दा चलाइँदै

 भदौ ३०, २०७६ सोमबार ११:३६:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - प्रहरीलाई अभद्र ब्यवहार गरेको अभियोगमा आइतबार पक्राउ परेका ज्ञानेन्द्र शाहीलाई जिल्ला प्रशासन कार्यालय ललितपुरमा मुद्दा चलाइने भएको छ ।

शाहीलाई आइतबार बेलुका पक्राउ गरी महानगरीय प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएको छ । शनिबार नेपालगञ्ज विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई दुर्व्यवहार गरेको आरोपबारे जानकारी दिन पत्रकार सम्मेलन गरेको ठाउँमा प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा शाहीलाई पक्राउ गरिएको हो । 

प्रहरीले सोमबार जिल्ला प्रशासन कार्यालय ललितपुरमा मुद्दा दायर गर्ने महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दुर्गा चन्दले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया