साप्ताहिक अभियान अन्तर्गत व्यक्तिगत घटना सम्बन्धी २३ हजारभन्दा धे...
बैशाख ८, २०८१ शनिबार
धनुषा - महोत्तरीमा माटोको ढिस्कोमा पुरिँदा एक जनाको ज्यान गरेको छ भने अन्य एकजना गम्भीर घाइते भएका छन् ।
ढिस्कोमा पुरिएर बर्दिबास नगरपालिका-४, नयाँ बस्तीका १४ वर्षीय बालक निरोज बम्जनकोे घटना स्थलमै मृत्यु भएको हो। सोही वडा बस्ने ३८ वर्षीय चन्द्र बल गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।
सोमबार दिउँसो बर्दिवास नगरपालिका –४ माईस्थान खोलामा माटो खन्ने क्रममा भिरमाथिबाट खसेको ढिस्कोले दुवै जना पुरिएको थियो । घटनालगत्तै स्थानीय र प्रहरी सहयोगमा बलको उद्धार गर्न सफल भएपनि पनि पुरिएका बालकको घटनास्थलमै ज्यान प्रहरीले जनाएको छ ।
गम्भीर घाइते बलको उपचार धनुषास्थित लालगढ मोडल हस्पिटलमा भैरहेको छ । मृतकको शव पोस्टमर्टमका लागि जनकपुर अञ्चल अस्पताल पठाएको प्रहरीले जनाएको छ ।