‘किम्फ’ काे ‘शर्ट फिल्म प्रतियोगिता’, पहिलाे हुनेलाई ४० हजार

 भदौ ३०, २०७६ सोमबार १९:३९:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) ले ‘शर्ट फिल्म प्रतियोगिता’ को आयोजना गर्ने भएको छ । 

प्रतियोगितामा भाग लिन किम्फले सिर्जनशील नेपाली युवा सिनेकर्मीहरुलाई आह्वान पनि गरेको छ । प्रतियोगितामा विजेता घोषित हुनेले नगद पुरस्कार पनि प्राप्त गर्ने आयोजकले जनाएको छ ।    

आउँदो डिसेम्बर महिनामा हुन लागेको १७ औँ संस्करणको किम्फ फिल्म फेस्टिबल २०१९ मा ती शर्ट फिल्मबीच प्रतिस्पर्धा हुने आयाेजकले बताएको छ । 

प्रतियोगितामा जुनसुकै उमेर समूहका सिनेकर्मीहरुले भाग लिन पाउनेछन् र ती फिल्म कथानक, वृत्तचित्र र एनिमेसनमध्ये कुनै एक विधा अन्तर्गत हुनुपर्नेछ । परिवर्तित नेपाल थिम रहने फिल्मको अवधि तीन मिनेट हुनु पर्नेछ ।

प्रतियोगितामा प्रथम हुनेले ४० हजार प्राप्त गर्दा दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले २० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।  साथै प्रतियोगितामा भाग लिन १५ नोभेम्बर २०१९ सम्म फिल्म बुझाइ सक्नुपर्नेछ । 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया