समाजवादी पार्टीले संविधान दिवसमा दीपावली नमनाउने, विराेध पनि नगर्ने

 भदौ ३०, २०७६ सोमबार १७:४५:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - समाजवादी पार्टीले संविधान जारी भएको दिन आगामी असोज ३ गते खुशीयालीका रुपमा दिपावली नमनाउने र विरोध पनि नजनाउने भएको छ ।

पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले संविधान दिवसका दिन कुनै पनि कार्यक्रममा पार्टीको सहभागिता नरहने निर्णय गरेको हो ।

पार्टीले संविधान जारी भएको दिन ‘संविधान संशोधनको अपरिहार्यता र आवश्यकता’ विषयमा सात वटै प्रदेश राजधानीमा अन्तक्रियात्मक कार्यक्रम गर्ने जनाएको छ ।

संविधान जारी भएको दिनका सन्दर्भमा खुशीयाली नमनाउने र विरोध पनि नगर्नुका साथै संविधान संशोधनबारे अन्तक्रियात्मक कार्यक्रम आयोजना गरिने समाजवादी पार्टीका प्रचार विभाग प्रमुख प्रशान्त सिंहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया