सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा सोमबार राति भूकम्पको धक्का

 भदौ ३१, २०७६ मंगलबार ७:५:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

बैतडी – सोमबार राति सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा भूकम्पको धक्का महसुस गरिएको छ ।

राति ८ बजेर १८ मिनेटमा नेपाल भारत सीमाक्षेत्र सुवा केन्द्रबिन्दु भएर ४.४ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका भूकम्पविद् दीपक बस्नेतले जानकारी दिनुभयो ।

बैतडी, दार्चुला, बझाङ र डडेल्धुरालगायतका जिल्लाहरुमा भूकम्पको धक्का महसुस गरिएको थियो  ।

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया