सोलुखुम्बुको लुक्लाबाट काठमाण्डौ आउँदै गरेको ७ वटा हेलिकप्टर काभ्रे र सिन्धुलीमा आकस्मिक अवतरण

 भदौ ३१, २०७६ मंगलबार १२:४७:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सरोज श्रीको ट्विटरबाट

काठमाण्डौ – सोलुखुम्बुको लुक्लाबाट पर्यटक लिएर काठमाण्डौ आउँदै गरेका ७ वटा हेलिकप्टरलाई काभ्रेको पाँचखाल र सिन्धुलीको नेपालथोकमा आकस्मिक अवतरण गरिएको छ । 

सोलुखुम्बुमा अलपत्र परेका पर्यटक बोकेर उडेका ८ मध्ये कैलाश, मनाङ र सिम्रिक एयरका ७ वटा हेलिकप्टर मौसम खराबीका कारण आकस्मिक अवतरण गरिएको हो ।

सोलुखुम्बुबाट उडेका ८ मध्ये ४ वटा काभ्रेमा ४ र ३ वटा सिन्धुलीको नेपालथोकमा आकस्मिक अवतरण गरिएको हो । काभ्रेको पाँचखाल नगरपालिका–५ जोरपाटीमा ३ वटा र होक्सेमा एउटा हेलिकोप्टर आकस्मिक अवतरण गरिएको त्रिभुवन विमानस्थलले जनाएको छ ।

केही दिनदेखि लुक्लाबाट जहाज उड्न नसकेपछि त्यहाँ करिब ३ सय पर्यटक अलपत्र थिए । अलपत्र परेका तिनै पर्यटकको उद्दारका लागि हेलिकप्टरहरु लुक्ला पुगेका थिए ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया