भिरबाट लडेर गुल्मीमा २ जनाको ज्यान गयो

 भदौ ३१, २०७६ मंगलबार १३:३३:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

गुल्मी – गुल्मीमा छुट्टाछुट्टै स्थानमा भिरबाट लडेर २ जनाको ज्यान गएको छ । 

जिल्लाको मुसिकोट नगरपालिका –१ को थाममा ४३ वर्षीय वीरहादुर केसी र मदाने गाउँपालिका–५ मलागिरीका नरे सार्कीको भिरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले बताउनुभयो ।

सोमबार बेलुका घरबाट पसलमा सामान किन्न गएका विर वहादुर राती अवेरसम्म पनि घर नफर्केपछि घर परिवारले खोज्दै जाने क्रममा उनलाई मंगलबार बिहान भिरबाट लडेर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

त्यस्तै, घाँस काट्न गएको बेला भिरबाट लडेर नरे सार्कीको ज्यान गएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया