असोज १० गतेदेखि नयाँ नोट साट्न पाइने

 भदौ ३१, २०७६ मंगलबार १८:४:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल राष्ट्र बैंकले असोज १० गतेदेखि नयाँ नोट साट्ने भएको छ । बैंकले दशैँ, तिहार, छठलगायत चाडपर्वका लागि हरेक वर्ष दशैँअघि नयाँ नोट साट्दै आएको छ ।

बैंक तथा वित्तीय संस्थालाई असोज पहिलो हप्ताबाट र सर्वसाधारणलाई लागि असोज १० गतेदेखि नयाँ नोट साट्ने गरी तयारी पूरा भएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले उज्यालोलाई जानकारी दिनुभयो ।

नयाँ नोट लिएका अरु वित्तस्य संस्थाले पनि असोज १० गतेदेखि मात्र नोट सटही सुरु गर्ने निरौलाले बताउनुभयो । राष्ट्र बैंकले यो वर्ष १३ अर्ब रुपैयाँका नयाँ  तथा सुकिला नोट वितरण गर्ने योजना बनाएको बताएको छ । बैंकले ५, १०, २०, ५०, १००, ५०० र हजार दरका नोट सटही गर्ने छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया