स्वास्थ्य सेवा विभागका नवनियुक्त महानिर्देशक डा. पाेखरेलद्वारा पदभार ग्रहण

 भदौ ३१, २०७६ मंगलबार १८:३०:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. रोशन पोखरेलले मंगलबार पदभार ग्रहण गर्नुभएको छ ।  

वरिष्ठ मनोचिकित्सक डा. पोखरेललाई उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले मन्त्रीस्तरीय निर्णयबाट सोमबार विभागको निमित्त महानिर्देशकमा नियुक्त गर्नुभएको थियो । 

डा. पोखरेल स्वास्थ्य सेवा विभागको २५ औँ महानिर्देशक बन्नुभएको छ । यसअघिका महानिर्देशक डा. सुशीलनाथ प्याकुरेलले २१ भदौमा उमेर हदका कारण अनिवार्य अवकाश पाएपछि विभागको महानिर्देशक पद रिक्त थियो ।

विभागको महानिर्देशकका लागि १२ औँ तहको प्रमुख विशेषज्ञ हुनुपर्ने प्रावधान रहेकोमा हाल त्यो पदमा कार्यरत कोही पनि नभएकाले ११ औँ तहका डा. पोखरेललाई निमित्त महानिर्देशकको जिम्मेवारी दिइएको हो । स्वास्थ्यसेवामा ११ औँ तहमा कार्यरतमध्ये डा. पोखरेल सबैभन्दा वरिष्ठ हुनुहुन्छ । 

डा. प्याकुरेल सेवा निवृत्त भएसँगै स्वास्थ्य मन्त्रालय प्रमुख विशेषज्ञविहीन छ । यसअघि महानिर्देशक डा. पोखरेलले लामो समयदेखि कोशी अञ्चल अस्पतालको निर्देशकका रूपमा काम गर्नुभएको थियो ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया