एनसेलले ल्यायो आकर्षक ‘मेरो प्लान’

n

 भदौ ३१, २०७६ मंगलबार २१:१:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एनसेलले आकर्षक डाटा सेवाको लागि मेरो प्लान नामकाे नयाँ याेजना ल्याएकाे छ । 

एनसेलले याे याेजना आफ्ना प्रिपेड ग्राहकका लागि ल्याएको बताएकाे छ । यस याेजना अन्तरगत सुलभ दरमा डेटा, भ्वाइस र एसएमएस सेवाकाे फाइदा लिन सकिने कम्पनीले जनाएकाे छ ।

आउँदाे असोज १ गतेदेखि लागू हुने यो योजना अन्तर्गत प्लान १९९, प्लान २९९, प्लान ४९९, प्लान ७९९ र प्लान ९९९ गरी पाँच वटा प्लानहरु रहेका छन् । यी प्लानहरु अन्तर्गत ग्राहकले प्लानको समयावधि रहुन्जेल अझ सुलभ दरमा डेटा सेवा प्रयोग गर्न सक्नेछन् । 

यस बाहेक, यी प्लानहरु अन्तर्गत ग्राहकले अन नेट अर्थात एनसेल नेटवर्कभित्र भ्वाइस र एसएमएस सेवा पनि अझ सुलभ दरमा लिन सक्नेछन् । त्येक प्लानमा बण्डलिङ गरिएको डेटा प्याक सकिएपछि मेन ब्यालेन्स नकाटी आफैँ डेटा बन्द हुनेछ । ग्राहकले तत्काल  थप डेटा प्याक लिएर सेवाको उपयोग गर्न सक्नेछन् । 

प्लान १९९

ग्राकहले करसहित २५४.१० रुपैयाँमा १ जीबी डेटा भोल्युम र करसहित १.२८ रुपैयाँ प्रति मिनेटमा एनसेल नेटवर्क भित्र कल गर्न सकिने प्लान १९९ लिन सक्नेछन् । यसका साथै प्लान अन्तर्गतको डेटा भोल्युम समयावधि अगाडिनै सकिएमा करसहित ८९.३८ रुपैयाँमाथप १ जीबी प्याक लिएर सुलभ दरमा डेटा सेवा प्रयाेग गर्न सक्नेछन् ।

प्लान २९९ 

यस अन्तर्गत ३ जिबी डेटा भोल्युम र १.१५ रुपैयाँ प्रति मिनेट अन नेट भ्वाइस सेवा ३८१.७९ रुपैयाँ लिन सकिन्छ । यसका साथै डेटा भोल्युम समयसीमा अगाडि सकिएमा १२७.६९ रुपैयाँमा थप २ जीबी प्याक लिन सकिनेछ । 

मेराे प्लान अन्तर्गत ग्राहकले पाँचमध्ये कुनै एक प्लान लिन सक्नेछन् । ६ जीबी डेटा भोल्युम रहेको प्लान ४९९ र १५ जिबी डेटा रहेको प्लान ७९९ पनि रहेका छन् । ग्राहकले रु ६३७.१७मा प्लान ४९९ लिन सक्ने कम्पनीले जनाएकाे छ ।

मासिक रुपमा बढी डेटा चलाउनेका लागि प्लान ९९९ छ । यस अन्तर्गत १२७५.६२ रुपैयाँमामा २५ जिबी डेटा र ६४ पैसा प्रति मिनेटमा एनसेल नेटवर्क भित्र भ्वाइस सेवाको फाइदा लिन सकिनेछ। डेटा समयावधि अगाडि नै सकिएमा ५१०.७६ रुपैयाँमा थप १० जीबी डेटा लिन सकिनेछ।

हरेक प्लान अन्तर्गतको डेटा भोल्युम र सेवाहरुकोे प्रयोग गर्ने समयावधि ३० दिनको हुनेछ र पाँचमध्ये कुनै पनि प्लान लिने ग्राहकले करसहित ०.६४ रुपैयाँमा एनसेल नेटवर्क भित्र एसएमएस पठाउन सक्नेछन् । त्यसैगरी थप डेटा प्याकमा भएका डेटा भोल्युमको समयावधि ७ दिनको हुनेछ । 

याेजनाका लागि एस्ट्रिक ३०२ ह्यास डायल गरेर निर्देशन पालना गर्नुपर्छ भने थप डेटा प्याकहरु लिन एस्ट्रिक्स १७१२३ ह्यास डायल गर्नुपर्नेछ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

1 Comments

  • Dengue mosquito

    Sept. 18, 2019, 5:25 p.m.

    4G मा PUBG नचल्ने SPEED छ , Data मात्र लिएर के गर्नु

  •  0 Reply

तपाईको प्रतिक्रिया