नारायणी र बाग्मती नदीमा बाढी, सतर्क रहन आग्रह

 असोज १, २०७६ बुधबार ७:२३:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – लगातारको वर्षाका कारण नारायणी र बागमती नदीमा बाढी आएको छ ।

नारायणी नदीमा आएको बाढीका कारण चितवन आसपास नदी तटीय क्षेत्रमा बसोबास गर्ने र काठमाण्डौमा बागमती नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता उपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । 

चितवनमा नदीको जलसतहले सतर्कता तह पार गरेको र खतरा तह आसपास पुग्न सक्ने संभावना रहेकाले नारायणी नदीको तटीय क्षेत्रमा बुधबार बेलुकासम्म नै उच्च सतर्कता अपनाउनुपर्ने महाशाखाले जनाएको छ ।

यस्तै, काठमाण्डौको सुन्दरीजल आसपास गएराति भारी वर्षा भएकाले बाग्मती नदीमा बाढी आएको छ । बुधबार दिनभरजसो वर्षा हुने सम्भावना भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ । 

 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया