भारतीय समकक्षी मोदीलाई प्रधानमन्त्री ओलीद्वारा तीन भाषामा शुभकामना

 असोज १, २०७६ बुधबार ७:५३:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत भारतीय समकक्षी नरेन्द्र मोदीको जन्मदिनमा तीन भाषामा शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले अङ्ग्रेजी, हिन्दी र गुजराती भाषामा ट्वीट गर्दै समकक्षी मोदीलाई शुभकामना दिनुभएको हो । 

प्रधानमन्त्री ओलीको ट्वीटपछि भारतीय प्रधानमन्त्री मोदीले नेपाली भाषामा ट्विट गर्दै भन्नुभएको छ, ‘मेरा मित्र प्रधानमन्त्री ओलीज्यू, तपाईंको शुभकामनाका लागि धन्यवाद व्यक्त गर्न चाहन्छु । यहाँको शुभकामनाको अत्यन्तै कदर गर्दछु ।’

भारतीय प्रधानमन्त्री मो दीले मंगलबार आफ्नो जन्मदिन मनाउनुभएको हो ।

अन्तिम अपडेट: फागुन २८, २०८०

तपाईको प्रतिक्रिया