करेन्ट लागेर एक जनाको ज्यान गयो

 असोज १, २०७६ बुधबार ९:१६:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

अर्घाखाँची –  सन्धिखर्कमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । मालारानी–९ गोखुङ्गाका नारायण पुनको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । 

३१ वर्षीय पुनको सन्धिखर्क हललाइनमा केबलको लाइन मर्मत गर्ने क्रममा बिजुलीको तार छोइएर करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका पुनलाई उचारका लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो । 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया